बेचिन लागेकी महिलाको उद्धार, संलग्न एक पक्राउ
विराटनगर, मंसिर १३ । भारतमा युवती बेच्न लैजान लागेको आशंकामा प्रहरीले शुक्रबार साझँ एक युवकलार्इ पक्राउ गरेको छ । विवाह गर्ने र ५० हजार रूपैंया समेत दिई मलेसिया पठाइदिने आश्वासनमा दिएर युवतीलार्इ भारततर्फ लग्दै गर्दा भारत पश्चिम बंगाल मालदह जिल्ला इटहरा घर भएका २६ वर्षीय इमान हुसेनलार्इ प्रहरीले पक्रेकाे हो ।
मोरङ लेटाङकी २५ वर्षिया युवतीलाई प्रहरीले उद्धार गरेको छ। विराटनगर एक नम्बर ढाटबाट शंकास्पद रूपमा सिमा कटाउँदै गर्दा इलाका प्रहरी कार्यालय रानीले के आई नेपाल संस्थाको सहयोगमा महिलाको उद्धार गरेको हो । बेचबिखन गर्न लैजान लागेका हुसेनलाई ईलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।
भारत घर भएका हुसेन साइकलमा कवाडी संकलन गर्ने व्यक्ति रहेको र निजले पीडितलाई पटकपटक पैसा दिई प्रलोभनमा पार्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।