Header Ads

ज्ञानेन्द्रको नाम भिआईपी सूचीबाट आउट, सुरक्षा पनि नपाउने

काठमाडौँ । सरकारले ‘भगवान’ भरोसा’ चल्दै आएको विशिष्ट व्यक्तिहरुको (भिभिआईपी) को सुरक्षा व्यवस्थालाई सुदुृढ र समायानुकुल बनाउने तयारी गरेको छ । गृह मन्त्रालयले विशिष्ट भव्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।

विधेयकमा व्यक्तिको विशिष्टता निर्धारण गरी सुरक्षा दिइने व्यवस्था गरिएको छ । अति विशिष्ट, विशिष्ट, मध्यम र सामान्य गरी चार स्तरमा विशिष्ट व्यक्तिहरुलाई वर्गीकरण गरिएको छ । प्रस्तावित विधेयकमा पूर्वराजालाई भने विशिष्ट व्यक्तिको सूचीमा राखिएको छैन ।

 राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याायधीश र सभामुखलाई अवकासपछि पनि सुरक्षाको प्रबन्ध मिलाउने विधेयकमा प्रस्ताव छ । तर, पूर्वराजाको हकमा भने प्रस्तावित विधेयक मौन छ । गणतन्त्र घोषणापछि नागरिकको हैसियतमा रहेका पूर्वराजालाई हाल राज्यले सम्पूर्ण सुविधासहित सुरक्षा पनि दिँदै आएको छ । -नयाँपत्रिका दैनिकबाट
Powered by Blogger.