Update Breaking News : कैलालीमा बस दुर्घटना : १० को मृत्यु, २९ घाइते
कैलाली, मंसिर १३ । कैलालीको सहजपुर गाविस वडानम्बर २ मा यात्रुबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य २९ जना घाइते भएका छन् ।
दिपायलबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५४२० नम्बरको महाकाली यातायातको बस दमैडाँडा भन्ने स्थानबाट झण्डै ७ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
९ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा पदमा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक कुलदीप चन्दले जानकारी दिए । मृत्यु हुनेमध्ये दुई जनाको सनाखत भएको छ । डोटीको दौड गाविसकी ५२ वर्षकी विस्ना भण्डारी र ३२ वर्षकी तिउरी नागरी छन् ।
अन्यको सनाखत हुन सकेको छैन् । शवलाई सेती अन्चल अस्पताल धनगढीमा राखिएको छ । घाइतेहरुको जिल्लाकै बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । राति साढे १२ बजेतिर बस दुर्घटना भएको हो । दुर्घटना भएको खबर पाएलगत्तै प्रहरी कार्यालय खानीडाँडा र स्थानीयबासी उद्दारमा खटिएका थिए । ‘दुर्घटना भएको खबर पाएको झण्डै ३५ मिनेटपछि हामी घटनास्थल पुग्यौं, दृष्य एकदमै बिभत्स थियो,’ घटनास्थलमै रहेका प्रहरी निरीक्षक चन्दले भने, ‘घाइतेहरु छटपटाइरहेका थिए, तिनिहरुलाई उद्धार गरेर अस्पताल पठायौं ।’
रातिमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको उनले सुनाए । ‘अँध्यारोमा राम्रोसँग उद्धार गर्न सकिएन, उज्यालोमा अरु मृतक पनि भेटिन्छन् की भनेर खोजीरहेका छौं ।’