फोन गरेर बोलाई - बोलाई सामूहिक बलात्कार
बर्दिया । बर्दियामा एक महिला माथि सामुहिक बलत्कार भएको छ ।
सानोश्री गाविस नजिक पर्ने जंगलमा गत बुधबार साँझ तीनजना पुरुषको समुहले महिलामाथि बलत्कार गरेको पीडित महिलाले बताएकी छन् ।
साँझ ७ बजे घरतर्फ जाँदै गर्दा नजिकैको जंगलमा लगेर बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।
पीडित महिलाले साँझको समय भएकाले बलत्कार गर्नेहरुलाई नचिनेको बताइन् । घटना भए लगत्तै घटनास्थलबाटै पीडित महिलाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएकी थिएन् । घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले उनको उद्दार गरेको थियो ।
घटनामा संलग्न ब्यक्तिहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सानोश्रीले जनाएको छ । पीडित महिलाले घटनामा संलग्न ब्यक्तिहरुलाई चिन्न नसकेको बताएकाले आरोपीलाई तत्काल पक्राउ गर्न नसकिएको तर उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक (डिएसपि) दिपककुमार बस्नेतले बताए ।
तीहार विदा परेको हुनाले आइतबार मात्रै मुद्दा दर्ता हुने बस्नेतको भनाइ छ । पीडित महिलाका पति रोजगारीका लागि छ महिनादेखि विदेशमा छन् । उनका दुई वर्षका छोरा छन् । बलात्कारीको पहिचान भइसकेको तर उनीहरु फरार रहेको प्रहरी नायव उपरीक्षक दीपक बस्नेतले बताए ।
पीडित महिलालाई फोनसम्पर्क गरि बोलाई बलात्कार गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब १५ किमी पश्चिममा पर्दछ ।

भिडियो हेर्न तल मुनि क्लिक गर्नुहोस !
.jpg)
.jpg)