अपडेट : नुवाकोटमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गयो - तस्बिर सहित
नुवाकोट, कात्तिक ७ । नुवाकोटको बेलकोटमा यात्रुवस दुर्घटना हुँदा ७ जना नेपालीसहित १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३ जना विदेशी छन् ।
काठमाडौंबाट रसुवाको धुन्चेका लागि छुटेको ना २ ख २२६६ नम्बरको बस बेलकोट गाविस वडा नम्बर ५ को आरुबोटेको भीरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
ज्यान गुमाउने मध्ये दाङसिंङ ४ की ३५ वर्षकी बिमल तामाङ र गेर्खु ९ वेत्रावतीकी १२ वर्षकी करिना श्रेष्ठको मात्र परिचय खुलेको प्रहरी निरीक्षक प्रकाश शर्मालाई उद्धृत गर्दै उज्यालो सहकर्मी नवदीप अजनविले जनाएका छन् । घाइतेहरुको काठमाडौका विभिन्न अस्पताल र नुवाकोटमै उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार बसभित्र र छतमा समेत यात्रुहरु खचाखच थिए । दुर्घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।
नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार टोली उतारेको थियो । घटनास्थल नुवाकोट सदरमुकाम विदुरबाट २५ किलोमिटर पूर्व पर्दछ ।

भिडियो सहित तल हेर्नुहोस !