Header Ads

घतलाग्दो कुरा : तिहार भैलि होइन यो त डिस्को भयो , अति भयो

नेपाली हरुको माहान पर्व सुभ दिपावली को अबसरमा सुभकामना तथा आसिर्बाद आदान पर्दान गर्नका लागि देउसी भैलो खेल्ने गरिन्छ । आज भोलिको संस्कार निकै बदलीयको छ । नत यहाँ सुभकामना आदान पर्दान गरिन्छ नत कसैलाइ नै आसिर्बाद नै दिइन्छ ।

अधिकाँश भैली खेल्ने टोलिहरु केवल पैसाका लागि मात्र भैली खेल्ने गरेको पाईयको छ । विशेष गरेर घर घरमा देउसी भैली खेल्दै आसिर्बाद दिदै हरेक घरहरुमा पुगेर सकेको दान् दक्षिणा लिने संस्कृति आज भोलिको दिनहरुमा लोप हुदै गइरहेको छ ।

भैलो भन्दै भैलो गित गाउदै पुरानो संस्कृतिमा सुभकामना र आसिर्बाद दिने चलन आज भोलि रुपान्तरण भइ D,J डेग ,स्पिकर लागायतका आधुनिक प्रविधिको प्रयोग गरि भैली खेल्ने संस्कृतिले सगरमाथाको सिखर चुमेको छ । भैली भाका हरु सुरुमा भट्टाउने तर २ मिनेट को भैलि नाम मात्रको उच्चारण भय पछि उही D.j डेग प्रयोग गरि डान्स गरेर भैली खेल्ने गरेका छन् आज भोलिका युवा पुस्ताले लाग्दछ एक किसिमले डिस्को डान्स नै चली रहेको छ अझ गित पनि बजिरहेको हुन्छ ( झुम्का गिर्यो रे जवानी झड्काले झुम्का गिर्यो रे )।

संस्कृतिको सहि सदुपयोग नगरी हिन्दि लगायत का उच्छृङ्खल सब्द हरु प्रयोग भयका गित हरुमा डान्स गरि पुरानो संस्कृति धरापमा पारेको छ आज भोलिको भैली ले । देउसी भैलो खेल्ने घरहरुमा जबर जस्ती धेरै पैसा माग्ने , पैसा नथपे सम्म घर नै न छोड्ने प्रवृतिको सिकारमा गरिब घरपरिवारहरु हरेक सालमा पर्दै आइ रहेका छन् । भैली खेलेर उठायका पैसा ले अधितम टिम हरु पिकनिक तथा भ्रमण जाने गर्दछन ।

दिन सक्नेले त धेरै नै गर्लान दान पनि तर गरिब दान् गर्न नसक्ने परिवार एक किसिमको डर त्रास मा तिहार काटी रहेका छन् कतै भैलि खेल्ने टिम पो आइ पुग्छन् कि भनेर । केहि भैली टिम यस्ता छन् भने केहि भैली टिम हरु भने राजमार्ग बसी यात्रु लगायत गाडी वाला हरु संग धमाधम पैसा उठाई रहेका छन् भैलिको नाममा के गर्लान ति रोडमा बसेर भैलि खेलि उठायका पैसाले बुद्धिहिन युवाले ? के यस्तो भैली टिमले आसिर्बाद दियका छन् त हामीलाई ? दियपनि लाग्ला कि नलाग्ला त्यो पैसा संग साटेको आसिर्बाद ? एक चोटी सबैले सोच्नु पर्ने बेला आयको छ यो तिहार माथि ।

 हामी आम नेपाली हरुले संस्कृति संस्कृति भनेर चिल्लाउ छौ तर हामी हरुले नै आफ्नो संस्कृति धराप मा परि रहेका छौ भैली खेल्ने परमपरा संस्कृति हो एउटा रिति रिवाज हो । तिहार पैसा उठाउने चाड होइन आपसी सुभकामना र छुट्टीयका परिवार हरु लाइ मिलाई सम्बन्ध विस्तार गर्ने एउटा चाड हो ।

----------------------- जय नेपाल , जय भैली , जय तिहार --------------------
क्षितिज पौडेल (https://m.facebook.com/kshitiz.sub) डेउढाकला ९ बर्दिया , ककौरा
 फोटो उहााकै प्रोफाईल बाट
भिडियो तल छ हेर्न नाछुटाउनु होला !

Powered by Blogger.