Header Ads

आईजीपी चन्द्रकुवेर खापुङसँग सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं, १९ कात्तिक । जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ । 

 आयोगले बुधबार आईजीपी खापुङलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको छ । 

 मागको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले ‘तपाईंलाई किन कारवाहीको सिफारिस नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको हो ।  


 प्रहरी महानिरीक्षक खापुङको कार्यकाल आगामी साता सकिँदैछ । 
 जाँचबुझ आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो । 

 जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएको थियो ।
Powered by Blogger.