वनएक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर राजकुमार पक्राउ
काठमाडौं । वनएक्स बेटको प्रचार गरेको आरोपमा २२ वर्षीय युट्युबर राजकुमार थापा पक्राउ परेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhq5OzpIIKTWrODDeGdTjoRMuZx6GVzsDd1NyrKCj-FSkF_Qe_H7Hwt7kbaH6mi2OVmIPTQqhA5aaWxAB3VTiRMlnpBkbyNLT30QEGO8BKgm3wycGl10QA-wDgKCdXHUONEL9AGg2xkEqu8qn0InZ6b34z8rviNvT7GRLHUHHtFLX0luI4CCKf1RH3G7Gs/w400-h225/raj_kumar_thapa.jpg)
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले थापालाई शुक्रबार कपनबाट पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक घर भएका राजकुमार हाल काठमाडौं बुढानिलकण्ठमा बस्दै आएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhq5OzpIIKTWrODDeGdTjoRMuZx6GVzsDd1NyrKCj-FSkF_Qe_H7Hwt7kbaH6mi2OVmIPTQqhA5aaWxAB3VTiRMlnpBkbyNLT30QEGO8BKgm3wycGl10QA-wDgKCdXHUONEL9AGg2xkEqu8qn0InZ6b34z8rviNvT7GRLHUHHtFLX0luI4CCKf1RH3G7Gs/w400-h225/raj_kumar_thapa.jpg)
आफूलाई राजकुमार थापा भनेर चिनाउने उनको वास्तविक नाम भने राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजकुमारले बेटिङ एप्लिकेसन वनएक्स बेट मार्फत विभिन्न खेलहरू खेलाउनका लागि आफ्नो युट्युब च्यानल प्रयोग गर्थे ।
आफ्ना हरेक भिडिओमा वनएक्स बेटलाई प्रचार गर्ने प्रोमो कोड दिएर विज्ञापन गरी सर्वसाधारणलाई सट्टेबाजी गर्न तथा गराउन उत्प्रेरित गरेको प्रहरीको आरोप छ ।
उनीमाथि थप अनुसन्धान गर्न आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यसअघि अवैध सट्टेबाजीको प्रचार गरेको आरोपमा कलाकार तथा युट्युबर गरी आठजना पक्राउ परिसकेका छन् ।