Header Ads

मेलिना र प्रतापको ‘यो खुशीको पल’ मा बिजय र सुमीको रोमान्स

काठमाडौँ । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुशीको पल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । 
गीतकार बुद्धि मान थापाको शब्द शृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई नजिकबाट देखाएको छ ।  
 ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्धय बिजय पुन र सुन्दरी मोडल सुमी श्रेष्ठ गज्जबले खुलेका छन् । भिडियोमा गीतकार थापा स्वयम र जमुना मगरको पनि अभिनय रहेको छ । भिडियोलाई पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा तयार पारेका छन् । 

प्रकाश खड्काको छायांन तथा बन्दे पाण्डेको सम्पादन रहेको रोमान्टिक भिडियो यो खुशीको पलको भिडियो जति हेर्यो उती हेरौँ हेरौँ लाग्ने खालको छ । यसअघि सिधा मन, यो जुनीमा, बाँसको बेरा, भएन रे, डोलीमा , लगायत १ दर्जन बढी गीतमा शब्द लेखिसकेका गीतकार थापाले आफ्ना गीतहरु आँफै निर्माण गर्दै आएका छन् ।

 अमेरिकाको ओमहा, नेब्रस्कामा परिवारसहित बसोबास गर्दै आएका गीतकार थापा पछिल्ला केही केही वर्षदेखि गीत लेखन र भिडियो निर्माणमा सक्रिय छन् ।

 भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो । 

जसको निर्माण गीतकार थापाले नै गरेका हुन् । गीतकार थापा नेब्रस्कामा अवस्थित एभरेष्ट होम केयर सर्भिसेस एलएलसीमा केस म्यानेजरका रुपमा कार्यरत छन् ।

 
Powered by Blogger.