वेपत्ता भएकी मञ्जु खाँण संसदमा टुप्लुक्क, यस्तो कसरी हुन सक्छ ? (भिडियो सहित)
काठमाडौं । पति बालकृष्ण खाँण पक्राउ परेपछि मोवाईल स्विच अफ गरेर सम्पर्कविहिन भएकी सांसद मन्जु खाँण आज संसदमा देखा परेकी छिन्।
गत वैशाख २७ गते संसदमा वोल्न नाम टिपाए पनि उक्त दिन उनी प्रतिनिधि सभा बैठकमा समेत अनुपस्थित भएकी थिईन।
वैशाख २७ मा उनका श्रीमान एवम् पूर्वगृहमन्नत्री बालकृष्ण खाँण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका थिए।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDueD6dqg2o1BSb4WxXLuKAGiGaTf8Im-xTV9jahN3rPmYlXcRJsBKEyhYoZTM6zfkP65duGeU5vL94IxjOpkbpbT5lyQKSHaEYsCaVF06oxi9UyuO71HK-kDj-ReQ82uzSd5-cr7Im4ukKIfCXMvYMYBGH_694cB786vs4fi58eDLkWBhSNof3p6_tA/w640-h360/manju%20-%20khad.jpg)
उनी अहिले पनि प्रहरी हिरासतमै छन्।
बालकृष्ण पक्राउ परेसँगै मन्जु सार्वजनिक रूपमा नदेखिँदा उनी अष्ट्रेलिया पुगिसकेको अड्कलवाजी भईरहेका थिए।
बालकृष्ण हिरासतमा रहँदा कांग्रेसका नेता तथा परिवारका अन्य सदस्य भेट्न जाँदा समेत उनी प्रहरीको सम्पर्कमा गईनन्।
खाँणलाई खाना समेत दाजु भाउजुले पुर्याउँदै आएका थिए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको थियो।
स्रोतका अनुसार पक्राउ परेका विचौलियाको मोवाईलबाट समेत उनीहरुले पैसा वुझेको प्रमाणित हुन्छ। अर्की सांसद राणाले उक्त अडिओ फेक बनाइएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।