Header Ads

‘स्काई दरबार क्याफे’ उद्घाटनमा लोकगायक नविन पौडेलसँगै नाचे दर्शक

काठमाडौँ । चर्चित लोकगायक नविन पौडेलले राजधानीबासी नचाएका छन् । 

शुक्रबार साँझ स्काई दरबार क्याफेमा आयोजित एक सांगीतिक कार्यक्रममा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाएका हुन् । 

 सिंहदरबार मुलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबारसाँझबाट संचालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो’, ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न मत त्यो घर’, ‘फुलेको तोरीलाई’ लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए ।  

करिब डेढ घन्टा चलेको कार्यक्रममा हास्यकलाकार एबं जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ ले कमेडी तथा जादुका बिभिन्न प्रस्तुति मार्फत दर्शक हसाए । अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एन्जिला रेग्मी, डा. घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का लगायतको कार्यक्रमका सहभागीता रहेको थियो ।

 ‘स्काई दरबार क्याफे’ सुभाष खड्काले संचालनमा ल्याएका हन् । प्रति परिकार एकसय रुपैया दिने सुबिधा सहित क्याफे संचालनमा आएको हो । ‘क्याफेमा एक सय परिकारका आइटम छन् । ति सबै सय रुपैयाका दरले खान पाइने संचालनक खड्काले बताए । 

‘आफुले नाफाका लागि भन्दा पनि सेवाका लागि क्याफे संचालनमा ल्याएको उनले जानकारी दिने । क्याफेसँगै तीनहजार क्षमताको स्काई दरबार ब्याङ्केट समेत रहेको छ । जुन खड्काले केही अगाडि संचालनमा ल्याएका हुन् ।

 खड्काले स्काईको नाममा बिभिन्न स्थानमा क्याफे तथा ब्याङ्केट समेत ल्याइसकेका छन् । गायक पौडेलको नयाँ गीत ‘मनरेरै हो मनपरेरै हो’ शनिबार सार्वजनिक भएको छ ।
Powered by Blogger.