राजेश पायल र पासाङको 'टारी खेत' सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक राजेश पायल राई र गायिका पासाङ ल्हामु शेर्पाको युगल गायनमा समावेश प्रेमिल शैलीको 'टारी खेत' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्।
दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिशा राई मुख्य भुमिकामा फिचर्ड छन्।
साथमा भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ।
शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

