Header Ads

पुन्य गौतमले भुवन केसिलाई सिधा फोन गरेर सोधे महानायक वास्तवमा को हो ? भिडियो हेरौ

 नेपालमा महानायक विवा,द चर्किएको छ। नायक राजेश हमाललाई दिइएको ‘महानायक’ र नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’ उपाधिबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्। 


केही दिन अगाडि मात्र नायक भुवन केसी र शिव श्रेष्ठले नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिएका छन्। भुवन केसीले शिव श्रेष्ठलाई महानायक मान्नुपर्ने बताएका छन्। नायक श्रेष्ठ भुवन केसी वास्तविक नायक भएको बताउँछन्।

नायक राजेश हमालले यो विषयमा खासै मुख खोलेका छैनन्। हमालले न आफूलाई सोझै ‘महानायक’ भनेका छन् अरु कसैलाई यो उपाधि दिएका छन्। तर कसलै महानायक भनेर दिएको उपाधिलाइृ कसरी लिनुहुन्छ भनेर सोत्तदा उनी त्यसलाई दर्शकले दिएको माया भन्छन्। 

भुवन र शिवले ‘महानायक’को उपाधिमाथि नै प्रश्न सोझ्याउँदै एकअर्कालाई यो उपाधि दिइरहेको बेला नायक राजेश हमालले घुमाउरो शैलीमा यसको जवाफ दिन खोजेका छन्।

उनले लेखेका छन्, ‘कर्म सही गर, फल प्राप्त हुनेछ।’हमालको यो कुराले पनि राम्रो काम ग¥यो भने फल आफैं प्राप्त हुने भन्दै यसमा बोलिरहनु नपर्ने आशय व्यक्त गरेको छ। 

कतिपयले यसलाई भुवन र शिवलाई राजेशले दिएको जवाफको रुपमा लिएका छन्। महानायक को बिषय मा पुन्य गौतम ले भुवन केसी लाई फोन गरेर पनि सोधे वास्तविक महानायक को हो त ? भनेर भुवन को जवाफ सुनेर पुन्यले यसो भने हेरौ भिडियोमा.......

Powered by Blogger.