प्रेमिकाको निर्वस्त्र तस्बिरलाई पैसा कमाउने बाटो बनाउने एकराम राई:आईएमईमा मगाएको पैसा लिन जाँदा प्रहरीको फन्दामा
काठमाडौं, ३० जेठ । पैसा कमाउने काइदाको उपाय निकालेका खोटाङका एकराम राई यतिबेला प्रहरीको हिरासतमा छन् । महानगरीय अपराध महाशाखाले उनलाई मनी ट्रान्सफरमा ७० हजार लिन जाँदा पक्राउ गरेको हो । उनीमाथि कानुनी कारबाहीका प्रक्रिया अघि बढाइएको छ । राईले आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।
मलेसियामा एक युवकसँग माग गरेको रकम लिन जाँदा उनलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको पृष्ठभूमी काइदाको छ ।
सहबासका बेला प्रेमिकाका चार पाँच वटा नग्न तस्बिर लिएका राईले प्रेमिकाकै नामको फेक आईडी बनाएर विदेशमा रहेका युवकहरूसँग च्याट गर्ने, नग्न तस्बिर पठाउनेलगायतका काम थाले ।
यहि क्रममा मलेसियाका ति युवकसँग ७० हजार माग गरेका थिए । अहिले रकम नभएको कुरा ति युवकले भन्दा साइबर क्राइमको मुद्दा लगाइदिने धम्की पनि दिए ।
सोही धम्कीबारे मलेसियामा रहेका युवकले दाजुलाई सुनाए । उनका दाजुले प्रहरीमा उजुरी गरेपछि राईको खोजीनीति भयो ।
गएको साता महाशाखा टेकुमा ती युवकको दाई घटनाको विवरण लिएर पुगेका थिए । रकम माग गर्ने युवतीको आइडीबारे महाशाखाले अनुसन्धान थालेपछि राईसम्म पुगेको थियो ।
प्रहरीको सल्लाहअनुसार नै ति युवकले ७० हजार रकम पठाउनका लागि सल्लाह दिएको थियो । सोही सल्लाहनुसार मलेसियाबाट रकम आईएमईमार्फत राईलाई पठाइन्छ । राई उक्त रकम लिन गएको बेला प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
प्रेमिकाको नाममा नक्कली आईडी खोलेर विदेशमा रहेका २ दर्जन पुरुषहरुलाई निर्वस्त्र तस्बिर पठाएर पैसा मागेको राईले स्वीकार गरेका छन् ।
पैसा कमाउनका लागि आफूले उक्त बाटो अपनाएको र बेलामौका गलत भएको भन्ने पनि सोच्ने गरेको राईले प्रहरीलाई बयान दिएका छन् । कतिपय पुरुषले रकम पठाएको राईले बताएका छन् ।
राईकी प्रेमिकाले नांगो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिएको भन्दैसाइबर अपराधमा मुद्दा दर्ता गर्ने तयारी गरेकी छन् ।