Header Ads

कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै एप्स मार्फत लिन मिल्ने

काठमाडौँ, ३० जेठ । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा इ(टिकेटिङ एप्सको शुभारम्भ गरेका छन् ।

मन्त्री ढकालले उक्त एप्सले उपभोक्ताको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए ।

“एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने छ । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने छ”, उनले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन । यसलाई निरन्तरता दिनसक्नुपर्छ ।”

अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने मन्त्री ढकालको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले सवै सेवालाई विस्तारै प्रविधिमैत्री बनाउदै लगिनुपर्नेमा जोड दिए ।

उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनको भनाइ छ । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललले घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सक कहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए ।

उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् ।

यसका लागि दर्ता शुल्क ५० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ । यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
Powered by Blogger.