मंगलबार २८८ जनामा देखियो कोरोना, संक्रमितको संख्या २१ सय नजिक
काठमाडौँ, २० जेठ । नेपालमा थप २ सय ८८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मलेनमार्फत विभिन्न स्थानमा गरिएको परीक्षणमा मंगलबार मात्रै थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
त्यस्तै, प्रवक्ता देवकोटाका अुनसार निको हुनेको संख्या २ सय ६६ पुगेको छ ।
हालसम्म ७५ हजार ३ सय ४५ को पीसीआर परीक्षण तथा १ लाख १६ हजार ३ सय ४५ को आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज देशभर १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेको देवकोटाले बताए ।