ढुक्क हुनुस, तरकारी र फलफूलबाट कोरोना सर्दैन
डा. मतिना जोशी वैद्य । विश्व यतिबेला कोरोनाको महासंकटसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन र हामीले बन्दाबन्दीको दुई महिना पार गरिसकेका छौं ।
यस्तो अवस्थामा पनि बाँच्नका लागि खाद्य वस्तुको उपभोग त गर्नैपर्दछ । कोरोना त्रासकाबीच खाद्य वस्तुको आपूर्ति श्रृङ्खलाका बारेमा विभिन्न खाले सवालहरु यतिबेला उठेका छन् ।
खाद्य वस्तुहरु पकाएर खाइन्छ । केही खाने कुरा त सुख्खा पनि हुन्छन् । अहिले तरकारी तथा फलफूलबाट कोरोना संक्रमण हुन्छ कि भन्ने त्रास अत्यधिक मात्रामा पाइयो । कोरोना नयाँ प्रकृतिको भाइरस हो र यसका बारेमा विश्व अझै सिक्दै र जान्दै पनि छ । यद्यपि कोरोना के–के बाट सर्छ र के–केबाट सर्दैन भनेर थुप्रै वैज्ञानिक अनुसन्धानहरु प्रकाशित भएका छन् र केही हुने क्रममा पनि छन् ।
कोरोनाको विषयमा अहिलेको विश्वव्यापी मान्यता भनेको यो मान्छेबाट अर्को मान्छेमा सर्छ भन्ने हो । त्योबाहेक प्लास्टिक, फलाम, प्याकेजिङका सामग्रीमा केही दिन बाँच्न सक्छ भन्ने वैज्ञानिक आधारहरु आएका छन् । तर तरकारी तथा फलफूलबाट कोरोना सर्ने तथ्य अहिलेसम्म कुनै वैज्ञानिक अध्ययनले प्रमाणित भएको छैन ।
सामाजिक सञ्जालहरुमा फलफूल तथा तरकारीलाई साबुनपानीले धोएर प्रयोग गरिएको मैले देखेँ । बुझ्नुपर्ने कुरा के हो भने तरकारी तथा फलफूल कोरोनाका कारण मात्रै होईन, सधैँ नै सफा पानीले पखालेर मात्रै खानु पर्दछ ।
तरकारी वा फलफूल किन्दा वा त्यसलाई घरमा ल्याएर काटिसकेपछि साबुन पानीले हात धुनुपर्छ । कोभिड १९ को प्रारम्भिक सुरक्षा विधिमा भनिए जस्तै साबुन पानीले हात धुनेलगायतका काम अनिवार्य गर्दै फलफूल तथा तरकारीको किनमेल तथा प्रयोग गर्दा कोरोना सर्दैन ।
फलफूल तथा तरकारीमा कोरोना भाइरसका अवशेष रहन्छन् भन्ने कुनै वैज्ञानिक प्रमाण संसारभर नै छैन । त्यसैले आफू सुरक्षित भएर स्वस्थताको विधी अपनाएर फलफूल र तरकारीको सेवनमा हिच्किचाउनु पर्दैन । नेपालीहरु धेरैजसो खानेकुरा पकाएर तथा धोएर खाने भएकाले पनि तरकारी तथा फलफूल अझै सुरक्षित छन् ।
बाँच्नका लागि खाना खानै पर्दछ अझ कोरोनाको समयमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने खानेकुरा खानुपर्ने हुन्छ । यसका लागि हरियो तरकारी, फलफूल तथा माछा मासुको सेबन झनै अनिवार्य छ । कथंकदाचित कोरोना बिरुद्धको भ्याक्सिन बनेन भने भोलिका दिनमा हामी कोरोनासँगै बाँच्नु पो पर्ने अवस्था आउन सक्छ ।
यस्तो अवस्थामा हरेक मानिसले व्यक्तिगत सरसफाइमा अझै ध्यान दिनुपर्ने हुन्छ । मानिस र मानिसबीचको दुरी कायम गर्ने, व्यक्तिगत सरसफाइ र सुरक्षामा विशेष ख्याल गर्ने तथा कुनै पनि तरकारी तथा फलफूललाई राम्रोसंग धोएर तथा पखालेर खाने बानी अपरिहार्य छ ।
नेपालमा कोरोना भित्रिन सक्ने आंकलन भएदेखि नै तरकारी फलफूल सेवन तथा यसको आपूर्तिबारे अन्तर्राष्ट्रिय अभ्यासहरु विभागले अध्ययन गरेको छ । अमेरिकालगायत विश्वभरीको अनुभव हेर्दा तरकारी तथा फलफूलको बिक्री, ढुवानी तथा आपूर्ति व्यवस्थामा सर्तकता अपनाएर प्रयोगलाई निरन्तरता दिने भन्ने नै छ । जस्तो कुनै पसलेले कसरी फलफूल तथा तरकारी बिक्री गर्ने ? तरकारी र फलफूलको ढुवानी कसरी गर्ने भन्ने कुराहरु यसमा पर्दछन् ।
विश्व स्वास्थ्य संगठन तथा विश्व खाद्य संगठनले अन्तरिम निर्देशन जारी गरेको छ । यसमा पनि होटल, रेष्टुरेन्ट व्यवसायी, उद्योगीहरुले कसरी सुरक्षा अपनाउने भन्ने उल्लेख छ । यो भनेको कार्यालय, उद्योग, पसल वा कुनै पनि काम गर्ने स्थल सफा र सुरक्षित राख्ने हो । मानिस मानिस बीचको दूरी कायम राख्ने तथा स्यानिटाइजेसनको विधिलाई कडाइका साथ कार्यान्वयन गर्ने नै हो ।
कोभिड १९ महामारीको चरणमा खाद्य उत्पादन तथा बिक्री वितरणमा सहभागी हुने व्यवसायी तथा कामदारले अपनाउन पर्ने सावधानीबारे विभागले पनि प्रोटोकल बनाएको छ । पहिलो प्रोटोकलमा कामदार तथा कर्मचारीको स्वास्थ्य सुनिश्चित गर्ने छ । यस अन्र्तगत कामदारको शरीरको तापक्रम र लक्षण पहिचान गर्ने, सावुन पानीले २० सेकेण्ड हात धुने तथा कार्यस्थल डिसइन्फेक्सन गर्ने, मास्कको प्रयोग गर्ने, सामाजिक दुरी अपनाउने र स्वास्थ्य परीक्षण गराउने कुराहरु पर्दछन् ।
यस्तै दोस्रो प्रोटोकल अन्र्तगत कामदार तथा कर्मचारीको व्यक्तिगत सरसफाइका कुरा पर्दछन् । त्यो भनेको कुनै पनि उत्पादनमुलक काम गर्दा वा गर्नुअघि, खोकी वा हाच्छ्यूँ गरेपछि, शौचालय प्रयोग गरेपछि, वा सबैले प्रयोग गर्ने जस्तो ढोका, टेबल, पैसा छोएपछि साबुन–पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजरको प्रयोग गर्ने, आँखा, नाक, मुख, वा शरीरको अन्य अंग छोएपछि वा अन्य सामानहरु समाएपछि हात धुने गर्नु पर्दछ ।
खाद्य वस्तुको ढुवानी गर्दा पनि ढुवानीका साधनहरु सफा र सुख्खा राख्ने, खुल्ला खानेकुरा समाउनु भन्दा पहिले हात धुने तथा सवारी साधन डिसइन्फेक्सन गर्ने जस्ता सरसफाइका काम गर्नु जरुरी छ । यस्तै ढुवानीमा खटिने मान्छेले मास्क, पञ्जा, सफा रुमाल प्रयोग गर्नुपर्दछ ।
यो सबै भन्नुको अर्थ तरकारी, दूध, फलफूल जस्ता खाद्य वस्तुबाट कोरोना संर्दैन । तर यसको प्रयोग विधि र मानवीय गतिविधि सुरक्षित र स्वस्थ रहनै पर्दछ भन्ने विश्वव्यापी मान्यता छ । फलफूल नधोइकन चाख्ने वा टोक्ने कतिपयको बानी हुन्छ । यो बानी स्वास्थ्यका लागि पहिले पनि जोखिमपूर्ण थियो र अहिले पनि छ । यो बानी त्याग्नुपर्छ ।
डर त्यागौँ, आफ्नो र परिवारको स्वच्छता अपनाऔँ, समुदायमा सचेतना फैलाऔँ, फलफूल र तरकारीको ढुवानी, बिक्रि वितरण तथा प्रयोगलाई सुरक्षित बनाऔँ ।
(खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक एवं खाद्य विज्ञ डा. वैद्यसँग गरिएको वार्तामा आधारित)