पूर्वआईजी खनाल, सांसद बस्नेत र श्रेष्ठविरुद्ध अपहरण मुद्दामा प्रहरीको अनुसन्धान सुरु
काठमाडौं, २६ वैशाख । अपहरण तथा शरिर बन्धक कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी दरखास्त पठाएपछि काठमाडौं प्रहरीले पूर्वआईजी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्ने र किसान श्रेष्ठविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सरकारी वकिलको कार्यालयमा दिएको निवेदनका आधारमा अनुसन्धान थालिएको हो ।
यसका लागि काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि प्रहरी निरिक्षकको टोली महोत्तरी खटाइएको उच्च स्रोतले जनाएको छ ।