Header Ads

प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिक ३१ पुरुष र १६ महिला पक्राउ(भिडियो सहित)

काठमाडौं । चिनियाँ नागरिक ३१ पुरुष र १६ महिला पक्राउ परेका छन् ।

लकडाउनले ४६ दिनदेखि अलपत्र परेका चिनियाँहरू घर जान पाउँ भन्दै प्रदर्शनमा उत्रिएका थिए।
उनीहरूका हातमा आइ वान्ट टु गो होम, नो मनी, निड टु गो होमु लगायतका प्लेकार्ड थिए।

एक जना चिनियाँले ढुङ्गा हान्दा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन्।

केही चिनियाँ नागरिकहरु सामान्य घाइते भएका थिए ।

ती चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखेको प्रहरी स्रोतले बतायो ।

 
 सिंहदरबार अगाडि प्रहरी र चिनियाँ नागरिकहरुको घम्साघम्सी : आफ्नो देश फर्कन पाउनु पर्ने माग गर्दै निषेधित क्षेत्र तोडदै र लकडाउनको अवज्ञा गर्दै सिंहदरबार घेराउ गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले निषेधित क्षेत्र नतोड्न आग्रह गर्दा पनि नमानेका चिनियाँ नागरिकहरुले प्रहरीमाथि नै हातपात गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो । प्रहरीले चिनियाँहरुलाई निषेधित क्षेत्रबाट हटाउन ठूलै संघर्ष गर्नु परेको थियो ।
Powered by Blogger.