कोरोनाको ‘रेड जोन’ बन्दैछ बाँके : १४३ संक्रमित, नरैनापुरका मात्र ११४, संक्रमितमध्ये एक चौथाइ बाँकेका
नेपालगन्ज, ११ जेठ । नेपालका कूल कोरोना भाइरस (कोभिड-१९) का संक्रमितमा एक चौथाइ त बाँके जिल्लाकै छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह ४ बजे देशका ४० जिल्लामा पाँच सय ८४ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा बाँकेका मात्रै एक सय ४३ पुगेका हुन्। जुन नेपालका कूल संक्रमितमध्ये २४.४८ प्रतिशत बाँकेमा हुन आउँछ।
प्रदेश ५ का कूल संक्रमितमध्ये आधाभन्दा बढी बाँकेकै छन्। प्रदेश ५ मा दुई सय ७१ जना संक्रमित रहेकोमा बाँकेका ५२.७६ प्रतिशत पुगेका छन्।
बाँकेमा भने कूल संक्रमितमध्ये ८० प्रतिशत त नरैनापुर गाउँपालिकाका मात्र छन्। नरैनापुरमा मात्र एक सय १४ जना संक्रमित पुगेका छन्। देशका कूल संक्रमितमा नरैनापुर पाँच भागको एक भाग पुगेको छ। अर्र्थात देशभरका संक्रमितमा नरैनापुरकामात्र १९.५२ प्रतिशत हुन आउँछ। प्रदेश ५ को ४२ प्रतिशत संक्रमितको हिस्सा पनि नरैनापुरले नै ओगटेको छ।
२ जेठको शुक्रबार नरैनापुरमा सुरुमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ८ दिनको अवधिमा एक १४ जना संक्रमित पुगेका हुन्। यीमध्ये एक जना २५ वर्षका युवाको मृत्यु भइसकेको छ। अझै केही स्वाबका नमूनाको रिपोर्ट आउन बाँकी नै छ।
शनिबार एकैदिन नरैनापुरका २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा नरैनापुरका तीन सय ५२ थ्रोट स्वाबका नमूना परीक्षण गरिएको थियो।
मन्त्रालयका अनुसार नरैनापुर-३ को राष्ट्रिय प्रावि गेगलीका १५ जना (१६ देखि ३२ वर्षका), नरैनापुर-१ को राष्ट्रिय प्रावि महातानीयामा ६ जना (२२ देखि ५० वर्षका) र नरैनापुर मदरसाका ६ जना (१७ वर्षदेखि ३२ वर्षका) मा कोरोना पुष्टि भएको हो।
बाँके जिल्ला चार स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन्। नेपालगन्ज उपमहानगरपालिकामा २५ जनामा कोरोना पुष्टि भएको थियो। क्यान्सर अस्पतालको आइसोलेसनबाटशुक्रबार २१ जना त निको भएर घर फर्किसकेका छन्। त्यसैगरी खजुरा गाउँपालिकामा स्वास्थ्यकर्मीसहित दुई जना र राप्ती सोनारी गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।