Header Ads

जेठ २० पछि लकडाउनको स्वरूप फेरिन्छ : प्रवक्ता बिडारी

काठमाडौं, ११ जेठ । नोभेल कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले जेठ २० पछि लकडाउनको स्वरूप फेरिने बताएका छन् ।

 उनले भने - 'दुई महिनाको अवधिमा कोरोनाविरुद्धको लडाइँमा हामी सही ट्रयाकमै छौँ । सफलता सापेक्ष हुन्छ । लकडाउनले पक्कै ठूलो जोखिम र दुर्घटनाबाट जोगाएको छ ।

हाम्रोमा हालसम्म तीनजनाको निधन भएको छ । अरू देशको तुलनामा यो कम हो । सरकारको प्रयासले नै नागरिकको ज्यान जोगिएको छ । पछिल्लो समय भारतबाटै संक्रमण बढिरहेको छ ।

नियन्त्रणको प्रयास पनि भइरहेको छ । हाम्रोमा गम्भीर बिरामी र मृत्युको संख्या कम छ । दुई महिनामा सरकारको योजना सरकार सफल नै छ ।

अब २० जेठपछि नयाँ परिस्थितिको मूल्यांकन गरेर लकडाउन नयाँ स्वरूपमा हुन सक्छ ।' आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.