Header Ads

एक युवकले आफ्नै बुबा र सौतेनी आमाको हत्या

तेह्रथुम, २६ वैशाख । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवकले आफ्नै बुबा र सौतेनी आमाको हत्या गरेका छन् ।

२० वर्षीय कञ्चन लिम्बूले रूपबहादुर र रुपेनी लिम्बूको धारिलो हतियार प्रहार गरी बिहीबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यापछि भाग्दै गरेका लिम्बूलाई प्रहरी चौकी सम्दु र पोक्लाबाङवाट गएको टोलीले स्थानीयको सहयोगमा इसिबुको देउरालीबाट नियन्त्रण लिएको छ ।

घरायसी विवादमा घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । अनुसन्धानका लागि जिल्ला प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
Powered by Blogger.