सप्तरीमा दुई प्रहरीको मृत्यु
राजविराज, २६ वैशाख । सप्तरीमा बिहीबार एकजना प्रहरी हबलदारको मृत्यु भएको छ ।
राति आवश्यक परेको बेला खटिने गरी ड्युटीमा रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबलदार रामबहादुर मगरको मृत्यु भएको डीएसपी तिलक भारतीले बताए ।
हबलदार मगर राती सुतेको र बिहान नउठेपछि हेर्न जाँदा उनी मृत फेला परेको डीएसपी भारतीले जानकारी दिए । हबलदार मगर उदयपुरका स्थायी बासिन्दा हुन् ।
उनको मृत्युको कारण खुल्न सकेको छैन् । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । पोस्टमार्टमपछि मृत्युको कारण खुल्न सक्ने डीएसपी भारतीले बताए ।
यसअघि गत सोमबार सप्तरीको बोदे बरसाइन नगरपालिकास्थित देउरीमा ड्युटीमा रहेकै बेला सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक कुलबहादुर कार्कीको अचानक मृत्यु भएको थियो ।