Header Ads

स्वास्थ्य मन्त्रालयमा जागिर लाईदिन्छु भन्ने नक्कली डिएसपी पक्राउ

काठमाण्डौं ।  कोरोना भाइरसले सताएको समयमा जागिर लाईदिन्छु भन्ने राजकुमार चापागाई पक्राउ परेका छन् ।

स्वास्थ्य मन्त्रालयको बिभिन्न पदमाजागिर लगाई दिन्छु भनी बिभिन्न ब्यक्तिसँग रकम असुलेको आरोपमा काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं। ३ बस्ने बर्ष ४५ का नक्कली डिएसपी राजकुमार चापागाई पक्राउ परेका हुन् ।

आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक भएको बताई बिभिन्न ब्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापाल जस्ता महत्वपुर्ण पदमा जागिर लगाई दिन्छु भनी बिभिन्न प्रलोभनमा पारी पिडितहरुलाई खरिदार पदको नक्कली परिचय पत्र समेतबनाई झुक्याई पिडितबाट पटक – पटक रु. १,८५,०००– (एक लाख पचासी हजार)लिई ठगी कार्य गरेको खबर प्राप्त भएको छ ।

 गोप्य सुचनाका आधारमा महानगरिय अपराध प्रहरी महाशाखाबाट खटिएको बिशेष टोलीले सम्झना के।सी भट्टराईसंग रु। १,२०,०००।– (एक लाख बिस हजार) लिदै गर्दाको अबस्थामा पक्राउ गरिएको हो ।

कार्यलय प्रमुख अर्थात एसएसपी दिपक थापाले महाशाखाको नेतृत्व समाले लगत्तै कोराना भाइरसको संक्रमणमा मुलुक लकडाउन भए पनि उनको सक्रियता बढेको छ । उनले नेतृत्व समाले पनि चोरी र लुटधन्दामा सम्लग्न आधा दर्जन भन्दा बढिलाई नियन्त्रणमा लिएका छन् । 

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ ।

विवरण

नाम   :-राज कुमार चापागाई   

उमेर   :- ४५ बर्ष

ठेगाना :- का.जि. तारकेश्वर न.पा. वडा नं. ३  बालाजु

पेशाः- जग्गाको कारोवार

अनुसन्धानबाट खुल्न आएका कुराहरुः-

मिति २०७२/०३/२४ गते निलिमा महर्जन र आकृती डंगोलसंग प्रतिव्यक्ति २ लाखको दरले जम्मा ४ लाख  ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ बर्ष कैद भुक्तान गरेको ।
बिभिन्न समयमा आफुलाई बिभिन्न उच्चपदस्थ अधिकारीहरुको पि.ए. भनी कारागार तथा CDO कार्यालयहरुमा फोन गरी  कैदीहरुलाई रिहा गर्न आदेश दिएको भन्ने बुझिएको ।
आफुलाई प्रहरीको उच्च अधिकृत हुँ भनी बिभिन्न ब्यक्तिहरुलाई धम्क्याउने गरेको ।
जिल्ला खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटक-पटक गरी रु. २,००,००० (दुई लाख) लिएको ।
आर्मि स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने गरेको ।
बिभिन्न ब्यक्तिहरुसंग सवारी चालक अनुमती पत्र बनाई दिन्छु भनी रकम ठग्ने गरेको ।


 बरामद भएका सामानहरुः-

निजको फोटो टाँसिएको राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र थान-१
खरिदार पदको नक्कली परिचय पत्र थान-२
बा. ९० प ९५५५ नम्बरको कालो रङको स्कुटर थान-१४.Nokia मोबाईल थान-१     ५. सिमकार्ड थान -३
बिभिन्न ब्यक्तिहरुको पासपोर्ट साईजको फोटो भएको थान- १०  ७. रु. १,२०,००० (एक लाख बिस हजार)

न्यूजअभियान
Powered by Blogger.