Header Ads

मनिषाको ट्वीटविरुद्ध उत्रिए सुष्मा स्वराजका श्रीमान, तिमी कसरी चीनकी भयौ ?

एजेन्सी, १८ जेठ । नेपालले नयाँ नक्सा जारी गर्ने भएपछि अभिनेत्री मनिषा कोइरालाले आफ्नो देशको समर्थन गर्दै गरेको ट्वीटले यतिखेर चर्चाको शिखरमा छ । नेपालमा उनले गरेको ट्वीटमा सबैले समर्थन गरिरहदा भारतमा भने आलोचना भइरहेको छ ।

मनिषाले गरेको ट्वीटको जवाफ भारतका विदेश मन्त्री स्वर्गीय सुषमा स्वराजका पति स्वराज कौशलले पनि दिएका छन् । यस विषयमा उनले धेरै वटा ट्वीटहरु गरेका छन्। स्वराज कौशलले ‘म तिमीसंग बहस गर्न सक्दिन मेरी बच्चा, मनिषा कोइराला, मैले तिमीलाई सधैं आफ्नी छोरी मानेको छु ।

 जब तिमीले मलाई सन १९४२ – अ लव स्टोरीको प्रिमियरमा आमन्त्रण गरेकी थियौ, तब मैले पूरै फिल्म हेर्न पाइन तर सुषमाले पूरै फिल्म हेरेकी थिइन् । त्यस समयमा, बाँसुरी तिम्रो काखमा बसिरहेको थियो।’ भन्दै ट्वीट गरेका छन् ।



त्यस्तै उनले यो २७ बर्ष पहिले मात्रको कुरा हो भन्दै सन १९७७ र त्यसपछि तिमी साउथ एक्समा बस्न थालेउ भनेका छन्। उनले मानिषालाई साकेतको एपीजे स्कूलमा पढेकी भन्दै बुबा प्रकाश कोइराला मेरो दाई जस्तै थिए र तिम्री आमा सुषमा कोइराला मेरी भाउजु र साथी जस्तै हुन्। हामीले सँगै गाह्रो अवस्था देखेका थियौ भनेका छन् ।

स्वराज कौशलले मनिषाको हजुरबुबा बीपी कोइरालालाई एम्समा क्यान्सर भएको पत्ता लागेको दिनलाई सम्झदै बीपीले आफूलाई भनेको कुरा याद छ भन्दै भनेका छन् ‘बीपीले यो क्यान्सरको उन्नत चरण हो र मसँग बाँच्न केवल ६ महिना मात्र छ भनेका थिए ।’ त्यो समय पीडादायक थियो तर उनको अनुहारमा निराशाको कुनै भावना नभएको उनले उल्लेख गरेका छ्न ।

पुराना कुराहरुलाई सम्झिदै स्वराज कौशलले भारतसँग नेपालको गुनासो हुन सक्छ वा नेपाल र भारतबीचमा गम्भीर समस्याहरू निम्तिन सक्छ । यो नेपाल र भारत बीचको कुरा हो भन्दै तिमी कसरी चीन केन्द्रीत हुन सक्छौ जुन यो हाम्रो लागि खराब हो भन्दै प्रश्न गरेका छन् । यतिमात्र नरोकिइ उनले अगाडि भनेका छन् ‘यो नेपालको लागि पनि नराम्रो हो । ’

कौशलले ट्वीटमा यो समेत भनेका छन् ‘ तिमीले बीचमा चीन ल्याएर तिमी र हामीसंगको हजारौ वर्षाको पुरानो सम्बन्ध समाप्त गर्दै छौ । ’
Powered by Blogger.