रौतहटमा बुधबार थपिए ३५ कोरोना संक्रमित
काठमाडौं, १४ जेठ । रौतहटमा बुधबार ३५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । २ नम्बर प्रदेशमा रौतहटमा कोरोना संक्रमितको संख्या उच्च भएको छ ।
भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
संक्रमितहरूमा गौर नगरपालिकाका ८, ईशनाथ नगरपालिकाका १६, गढिमाई नगरपालिकाका ७, देवाही गोनाही र कटहरिया नगरपालिकाका दुई–दुई जना छन् ।
उनीहरूलाई जिल्लामा रहेको आइसोलेशनमा राख्ने तयारी गरिएको छ ।