भारतले हड्पेको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित
काठमाडौं, ५ जेठ । सरकारले प्रतिबद्धता व्यक्त गरे अनुरुपको नेपालको नयाँ नक्सा तयार पारेर स्वीकृत गरेको छ ।
भारतले हड्पेर सडक बनाएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर नेपालको नयाँ नक्सा तयार पारिएको हो । भूमिसुधार मन्त्रालयले तयार पारेको नयाँ नक्सा मन्त्रिपरिषद्मा भूमि सुधार मन्त्री प्दमा अर्यालले पेश गर्नु भएको थियो ।
प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सालाई स्वीकृत प्रदान गर्दै पारित गरेको हो । मन्त्रिपरिषद् वैठकले नेपालको नयाँ नक्सालाई स्वीकृत प्रदान गरेको विषयले गौरवको अनुभूति दिलाएको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईले ट्विट नै गर्नु भएको छ ।
नेपालको नक्सामा लिम्पियाधुरा , लिपुलेक र कालापानीको भूभाग छुट्याइएको भन्दै सर्वत्र चर्को आलोचना हुँदै आएको थियो ।
उता भारतले भने कालीको मुहान पश्चिम सडक बनाइएको र सो भूभाग भारतको नै भएको दावी गर्दै आएको छ ।
यस्तै केही दिन अगाडि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले लिपुकेलको मुद्दा नेपालले अन्य कसैको इशारामा उठाएको अभिव्यक्ति दिएका थिए ।
उनको यो अभिव्यक्तिलाई लिएर नेपालमा व्यापक विरोध हुँदै आएको छ । उनको अभिव्यक्ति नेपाललाई यो विषय नउठाउन अप्रत्यक्ष चेतावनी दिएको निष्कर्ष समेत निकालिएको छ ।
यता नेपाल सरकारले अहिले मिचिएको भूभाग नजिक क्याम्प खडा गरेर सशस्त्रको एउटा टोली खटाएको छ भने निकट भविष्यमा नेपाली सेना नै खटाउने तयारी समेत गरेको छ ।