Header Ads

यस्तो छ सरकारले पारित गरेको नेपालको नयाँ नक्सा, सरकारका निशानछाप र विद्यालयका पाठ्पुस्तक पनि फेरिने

काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनिक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’

उनकाअनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ, उनले भने।


सरकारले लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्शा जारी गरेपछि अब नेपालको संविधानदेखि विद्यालयका पाठ्यक्रमसम्म सबै संशोधन र परिमार्जन गर्नुपर्ने भएको छ ।

नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ । सो निशानछापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमै नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने भएको छ । र, यसका लागि संसदको दुई तिहाई बहुमतले संविधान संशोधन गरी निशान छाप फेर्नुपर्ने हुन्छ ।


नक्सा सच्चियो, अब संविधान संशोधन हुने

सरकारका निशानछाप र विद्यालयका पाठ्पुस्तक पनि फेरिने

त्यसका साथै अब विभिन्न सरकारी कार्यालय र दूताबासहरुले प्रयोग गर्ने नेपाल सरकारको लोगो परिवर्तन गरी नयाँ नक्शाका आधारमा बनाउनुपर्ने भएकाले सबै सरकारी कागजातहरु सच्याउनुपर्ने भएको छ ।

त्यस्तै विद्यालयका पाठ्यक्रमहरुमा पनि नयाँ नक्शा अनुसार परिमार्जन गर्नुपर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं मन्त्री डा. युवराज खतिवडाले संविधानको अनुसूची लगायत सरकारी लोगो प्रयोग गर्ने सबै ठाउँमा सच्याएर नयाँ नक्शा अनुसार बनाइने प्रतिक्रिया दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको नक्शा सच्याउने निर्णय गरेको हो ।

बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक काम भएको बताएका थिए ।

यसैवीच सरकारको नीति तथा कार्यक्रममाथि उठेकमा प्रश्नहरुबारे जवाफ दिने क्रममा मंगलबार प्रधानमन्त्री ओलीले नक्सा परिमार्जनबारे संसदलाई औपचारिक जानकारी दिने कार्यक्रम रहेको स्रोतले बतायो ।

स्रोत साभार : अनलाइन खबर डट कम :
https://www.onlinekhabar.com/2020/05/865452  https://www.onlinekhabar.com/2020/05/865448
Powered by Blogger.