Header Ads

रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित,दुई साताअघि भारतबाट आएका थिए संक्रमित (भिडियो)

काठमाडौं, १९ वैशाख । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएको पाइएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए ।

 तर उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पुर्‍याएका थिए । उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

दुई साताअघि भारतबाट आएका थिए रुपन्देहीका कोरोना संक्रमित युवक

 कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका रुपन्देहीका युवक दुई साताअघि भारतबाट आएको पाइएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय ती युवक ५ वैशाखमा भारतबाट घर आएका थिए । सम्मरीमाईको ठोटरी नाकाबाट आएका उनलाई दाइले घर नलगी मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा पुर्‍याएका थिए ।

 क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए । उनलाई शुक्रबार नै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएको छ ।

 उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनको परिवारमा दाइसहित ८ जना छन् । सबैको स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
Powered by Blogger.