Header Ads

सगरमाथा क्षेत्रका स्थानीयलाई काठमाडौंबाट प्लेन चार्टर्ड गरी गाउँ फर्काइने

काठमाडौं, १९ वैशाख । काठमाडौं अड्किएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयलाई हवाईजहाजबाट उद्धार गरी गाउँ फर्काइने भएको छ । गाउँपालिकाले यसको जानकारी गराएको हो ।

 गाउँपालिकाले एक सूचना जारी गर्दै सडक मार्गबाट गाउँ र्फकन नपाएका व्यक्तिलाई हवाईजहाजबाट फिर्ता गर्न लागिएको जनाएको छ ।


यसरी र्फकंदा हवाई जहाजमा लाग्ने टिकटको मूल्य भने यात्रु आफैले तिर्नुपर्ने शर्त राखिएको छ । क्वारेन्टाइनसम्बन्धी नियम लागु हुने शर्तमा स्थानीयलाई काठमार्डाैंबाट गाउँ फर्काउन लागिएको गाउपालिकाको भनाइ छ ।

 गाउँपालिकामा र्फकन चाहने स्थानीयले शुक्रबार बेलुका ४ बजेसम्म नाम टिपाइसक्नुपर्ने बताइएको छ । काठमाडौंमा रहेका खुम्बु क्षेत्रमा कार्यरत शिक्षक र कर्मचारीलाई समेत प्लेनबाटै कार्यस्थलमा फर्काइने भएको छ ।

सम्बन्धित वडामार्फत सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ । काठमाडौंमा रहेका सगरमाथा क्षेत्रका व्यक्तिले आफ्नो वडाका अध्यक्षलाई नाम टिपाएमा जहाज चढेर गाउँ र्फकन सक्ने भएका छन् ।
Powered by Blogger.