Header Ads

भारत ! आफ्नै नक्सा हेर, कालीनदी कहाँ छ ?

काठमाडाैं, ९ जेठ । लिम्पियाधुरासम्म नेपाल हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्वर (१६ कात्तिक) मा जारी गरेको नक्साले नै कालीनदी लिम्पियाधुराबाट आएको स्पष्ट देखाएको छ ।

यो नक्सा सर्भे अफ इन्डियाको वेबसाइटमा आठौँ संस्करणको रूपमा अहिले पनि छ । ६ दिनपछि ८ नोभेम्बरमा नक्सा संशोधन गरेर भारतले कालीनदी मेटाएको छ । अन्तर्राष्ट्रिय सिमाना बालबालिकाले गर्ने ‘ड्रइङको प्राक्टिस’ होइन, जसलाई मन लाग्दा कोर्न र मन लाग्दा मेट्न पाइयोस् ।


लिम्पियाधुरासम्मको भूभाग नेपालको हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्बर (१६ कात्तिक) मा जारी गरेको नक्सा नै पर्याप्त छ । भारतले जारी गरेको राजनीतिक नक्सामा स्पष्ट रूपमा लिम्पियाधुराबाट निस्केको नदीलाई काली नदी भनिएको छ ।सर्भे अफ इन्डिया (भारतीय सर्वेक्षण विभाग) बाट जारी सो राजनीतिक तथा प्रशासनिक नक्सा विभागको वेबसाइट www.surveyofindia.gov.in मा उपलब्ध छ । भारतलाई उसैले जारी गरेको नक्सा हेर्न लगाउने हो भने उसले कालीभन्दा पूर्वको नेपाली भूभाग अनधिकृत रूपमा अतिक्रमण गरेको हो भन्ने पुष्टि हुन्छ ।

२ नोभेम्बर (१६ कात्तिक)मा भारतले जारी गरेको अंग्रेजी संस्करणको नक्सामा कालीनदी अंकित छ । तर, लगत्तै ८ नोभेम्बर (२२ कात्तिक)मा भारतले त्यही नक्सा संशोधन गरेर प्रकाशित गर्यो जसमा नदी छ, तर काली नाम हटाइएको छ । भारतले आफ्नै दस्ताबेजमा बेइमानी गरेर नेपाली भूमिमा कब्जा गर्न खोजेको छ भन्ने प्रस्टै हुन्छ ।

नेपाली भूमि समेटेर भारतले नक्सा जारी गरेपछि नेपालले तत्कालै आपत्ति जनायो । त्यसपछि भारतले ६ दिनपछि अर्थात् २२ कात्तिकमा कालीनदी मेटाएर अर्को नक्सा जारी गर्यो ।

त्यस्तै २८ फेब्रुअरी (१६ फागुन)मा हिन्दी र संस्कृत भाषाको नक्सा पनि जारी गरियो । त्यसमा पनि कालीनदीको नामै छैन । २८ फेब्रुअरी अर्थात् १६ फागुनमा सार्वजनिक गरेको हिन्दी भाषाको नयाँ नक्सा । जसमा पनि कालीनदी गायब पारियो । २८ फेब्रुअरी अर्थात् १६ फागुनमा सार्वजनिक गरेको संस्कृत भाषाको नयाँ नक्सा । जसमा पनि कालीनदी गायब पारियो ।

आफुलाई विश्व गुरु भन्ने भारतलाई थाहा हुनुपर्ने हो, अन्तर्राष्ट्रिय सिमाना देखाउने नक्सा जारी गर्ने विषय बालबालिकाले ‘ड्रइङ प्राक्टिस’ होइन, जसलाई मन लाग्दा कोर्न र मन नलाग्दा मेट्न सकियोस् । तर, भारतले नयाँ नक्सा अपलोड गरे पनि २ नोभेम्बरको नक्सा अहिले पनि सर्भे अफ इन्डियाको वेबसाइटमा छ ।

 त्यस्तै सर्भे अफ इन्डियाले २ नोभेम्बरमा अपडेट गरेको फेसबुक पेजमा पनि कालीनदीसहितको नक्सा छ । जनार्दन बरालले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।
Powered by Blogger.