ओलीको प्रस्ताव अमान्य, दुई पक्ष टकराउने संकेत
काठमाडाैं, १७ वैशाख । केपी ओलीले नेपाल पक्षलाई मनाउन केन्द्र सरकारका मन्त्री, सचिवालय सदस्य हेरफेर गर्ने, मुख्यमन्त्रीहरू केही स्थानमा नेपाल पक्षका नेतालाई दिने, राजनीतिक नियुक्ति सहमतिमा गर्नेदेखि आगामी चैत अन्तिम साता तय भएको पार्टीको महाधिवेशन ६ महिना अघि सारेर उक्त महाधिवेशनमा नेपाललाई सहयोग गरेर जानेजस्ता प्रस्ताव गरेका थिए।
नेपालसँग भएको एक्लाएक्लैदेखि दुई पक्षका समूहमा भएको छलफलमा पनि ओलीले नेपालसामु यस्ता प्रस्ताव राखेको ओली पक्षका केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए। अहिलेसम्मका छलफलमा नेपाल उक्त प्रस्तावमा सहमतिमा आउनै नचाहेकाले कुरा मिल्न नसकेको उनले सुनाए।
नेपाल पक्षले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद ओलीले छाड्नुपर्ने गरी अडान नछाडेकाले सहमति हुन सकेको छैन। उनीहरूले ओलीसँग अब उधारोमा सहमति नखोज्ने भन्दै ओलीको प्रस्तावमा सहमति जनाएको छैन।
२० स्थायी समिति सदस्यले १० वैशाखमा अध्यादेश प्रकरणमा छलफलका लागि पार्टी स्थायी समिति बैठक माग गरेका थिए। त्यसपछि ओली आफूमाथि आइपर्ने संकट टार्न बैठक राख्न चाहिरहेका थिएनन्। ‘उहाँ (प्रधानमन्त्री) अझै स्थायी समिति बोलाइहाल्ने पक्षमा हुनुहुन्न। उहाँले अब टारेर टार्न सक्नुहुन्न’, स्थायी समिति सदस्य रघुजी पन्तले भने।
बैठकअघि विवाद साँघुर्याउने र समाधान खोज्ने प्रधानमन्त्री ओलीको प्रयास सफल हुन सकेको छैन। यस्तो बेला बुधबार बस्ने सचिवालय बैठकमा नेताहरूबीच टकराव पर्न सक्ने सचिवालयका एक सदस्यले बताए।
‘विवाद अहिलेसम्म उस्तै छ, कुनै कुरा मिलेको छैन। सचिवालयमा अन्य खास केही कुरा हुँदैन’, ती नेताले भने, ‘उहाँ (प्रधानमन्त्री)लाई निकास दिनुस् भन्ने एउटा पक्षको कुरा हुन्छ। उहाँ अहिलेकै आफ्नो अडानमा अडिनुभयो र लचकताका साथ आउनुभएन भने चर्काे टकराव पर्न सक्छ। स्थायी समिति बैठक राख्ने विषयमा झगडा हुन सक्छ।’
प्रधानमन्त्रीले नेपालसँग राखेको प्रस्ताव नै सचिवालय बैठकमा राख्न सक्ने आकलन नेताहरूले गरेका छन्। त्यसमा आफूइतरका नेताले माने स्थायी समितितिर जाने तर स्वीकार नगरे ओली स्थायी समिति बैठक बोलाउने पक्षमा अझै छैनन्। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छापेका छन् ।