Header Ads

अमेरिकामा कोरोनाका बिरामीको उपचार गर्दागर्दै डाक्टरले गरिन् आत्महत्या !

एजेन्सी । अमेरिकामा कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न डाक्टरले आत्महत्या गरेकी छिन् । द न्यूयाेर्क टाइम्सकाे अनुसार न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा कार्यरत डाक्टर लोर्ना ब्रेनले आत्महत्या गरेकी हुन् । उनी अस्पतालमा आपतकालीन विभागको मेडिकल निर्देशक थिइन् ।

लोर्नाका बुबा डा.फिलिप ब्रेनले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘उनले आफ्नो काम गरिरहेकी थिइन, त्यही कामले उनको हत्या गरिदियो ।’ यद्यपि फिलिपले आफ्नी छोरीमा त्यस्तो कुनै मानसिक रोग नभएको दाबी गरेका छन् । उनले छोरी भर्जिनियामा आफ्नो परिवारसँगै बसेका बेलामा घटना भएको दाबी गरेका छन् ।

फिलिपका अनुसार उनी कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दागर्दै आफैं संक्रमित भएकी थिइन् । त्यसपछि करिब डेढ हप्ता घरमै बसेर उपचारपछि उनी अस्पतालमा काममा फर्किएकी थिइन् । तर अस्पतालले उनलाई फेरि घर फिर्ता पठाएइदिएको थियो ।

फिलिपले छोरीसँग अन्तिमपटक कुरा गर्दा निकै फरक देखिएको दाबी गरेका छन् । उनले छोरीले कोभिड–१९ बाट मर्ने बिरामीहरुको कसरी मृत्यु हुँदैछ भन्ने कहानी सुनाउँथिन् । डा.फिलिपले टाइम्ससँग भने, ‘उनी फ्रन्ट लाइनमा काम गर्दागर्दै निकै अतालिएकी थिइन् ।

उनलाई एक नायकको रुपमा सराहना गर्नुपर्छ ।’ अमेरिकाकै एक अखबारका अनुसार लोर्ना आफ्नो परिवारसँग धेरै नजिक थिइन् । उनलाई स्की र साल्सा नृत्यु मन पर्दथ्यो । उनी हरेक हप्ता बृद्धाआश्रम पनि जाने गर्थिन् ।

न्युयोर्क प्रेस्बिटेरियन एलेन अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा.ब्रेन एक हिरो भएको घोषणा गरेको छ । त्यस्तै प्रहरीले पनि एक विज्ञप्ति जारी गर्र्दै उनलाई हिरोको उपमा दिएको छ । स्थानीय प्रहरी प्रमुख राचेल ब्रेकनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्वास्थ्यकर्मीहरु अहिले कोरोना महामारीको फ्रान्टलाईमा काम गरिरहेका हुन्छन् । उनीहरु मानसिक र शारीरिक प्रभावबाट अछुतो रहन्नन् । उनीहरुले अघिपछि पनि तनावपूर्ण रुपमा काम गरिरहेका हुन्छन्, अहिले त झन् कोरोना महामारीले झन् तनाव बढाएको छ ।’
Powered by Blogger.