बेलायतमा अर्का नेपालीकाे काेराेना संक्रमणबाट मृत्यु
लण्डन, १० वैशाख । बेलायतमा अर्का एक जना नेपाली नागरिककाे काेराेना भाइरसकाे संक्रमणका कारणा मृत्यु भएकाे छ ।
बेलायकाे रेडिङ शहरमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको आइतबार साँझ मृत्यु भएको हाे ।
उनकाे रेडिङको रोयल बर्कशायर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले जानकारी दिएका छन् ।
विगत केही महिनादेखि ढाडको समस्या झेलिरहेका गुरुङको गत डिसेम्बर १० तारिखमा काठमाडौंको ग्राण्डी अस्पतालमा अप्रेसन भएको थियो ।
झण्डै २ महिना आरामपछि फेब्रुअरी पहिलो साता उनी बेलायत फर्किएका थिए ।
अस्पतालले दिएकाे रिपोर्टमा उनलाई निमोनिया र कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।