Header Ads

भारतीय राष्ट्रपति कार्यालयकी महिला कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ । भारतीय राष्ट्रपति कार्यालयका एकजना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यहाँ कार्यरत महिला कर्मचारीमा मंगलबार कोरोना संक्रमण देखिएको हो ।

 भारतीय सञ्चारमाध्यम अनुसार राष्ट्रपति कार्यालयकै कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि त्यहाँका १ सय २५ जनालाई क्वारेन्टाइनमा राखेको छ ।

 संक्रमित महिलाको बिरला मन्दिर कोभिड–१९ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

 संक्रमित महिलाको छोरीको पनि स्वास्थ्य परीक्षण गरिएको छ । यद्यपि उनको भने रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । एजेन्सी
Powered by Blogger.