Header Ads

नेपालमा हालसम्म ११ सय ३३ जनाको कोरोना परीक्षण


काठमाण्डौ ।  कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ११ सय ३३ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर ९९ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको पनि जानकारी दिए ।


बुधबारबाट पोखरामा पनि कोरोना परीक्षण सुरु भइसकेको भन्दै देवकोटाले पोखरामा चारजनाको र धरानमा १२ जनाको परीक्षण गरिएको बताए । यस्तै, हेटौँडामा कोरोना परीक्षण गर्ने तयारी अन्तिम चरण पुगेको उनको भनाइ छ ।

 देवकोटाले २४ घन्टाको समयमा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा ६ हजार नौ सय कल आएको र दुई हजार तीन सय २३ कलको गुनासो समाधान गरिएको पनि जानकारी दिए ।

नेपालमा हालसम्म पाँचजनामा मात्र कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये एकजना निको भइसकेका छन् भने दुईजना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत छन् ।

त्यस्तै, एकजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अर्को एकजनाको बाग्लुङस्थित धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Powered by Blogger.