Header Ads

२ सय ५७ जना यात्रु बोकेर अस्ट्रेलिया उड्यो नेपाल एअरलाइन्सको वाइडबडी

काठमाण्डौ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रु बोकेर ब्रिस्बेनको लागि उडेको छ ।

 नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई घर फर्काउन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेको हो ।

जहाजमा अष्ट्रेलिया र न्यूजिल्याण्डका गरी २ सय ५७ जना यात्रु र २४ जनाको सञ्चालन टोली रहेको छ । जहाज मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बेन जानेछ र बिहीबार राति १० बजेर ५५ मिनेटमा नेपाल फर्कनेछ ।


यसअघि अप्रिल २ तारिखमा मात्रै ब्रिस्बेन जाने तालिका रहेकोमा अष्ट्रेलियाली दूतावासको आग्रहमा उडान १ तारिखलाई सारिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

 कोरोनाको संकटको बेला नेपाली झण्डा फहराउँदै विश्वका विभिन्न ठाउँमा पुगेर यात्रुलाई सेवा दिन पाउँदा नेपाल एअरलाइन्सको गौरव झनै बढेको निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनले बताउनुभयो ।

‘हामीलाई अझै धेरै आग्रह आइरहेको छ्, जतिसक्यो धेरे देशका नागरिकलाई घर पुर्याउन चाहान्छौं ’, जुहार्चनले भन्नुभयो ।
Powered by Blogger.