लकडाउन उल्लङ्घन बढेपछि विनापासका गाडी रोक्न गृहको निर्देशन
काठमाडौं, १५ वैशाख । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।
पछिल्लो समय स्थानीय तहहरूले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरू गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरू भन्दै सात वटा गाडीमा एक सय ६० जनालाई काठमाडौं उपत्यकामा पठायो ।
साथै, सडकमा सवारी साधनको चाप पनि बढेको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ ।
अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विनापासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको छौ गृह प्रवक्ता केदारनाथ शर्माले भने ।
लकडाउन खुकुलो भएको गुनासो आएपछि आज फेरि परिपत्र गरेर त्यसलाई सम्झाएका छौँ ।
गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही थालेको छ ।