Header Ads

कोरोना सन्त्रास: काठमाडौं आउन लागेका यात्रुलाई नागढुंगाबाटै फर्काइयो

 काठमाडौं, १५ वैैशाख । बिभिन्न जिल्लाबाट काठमाडौं आउन लागेका यात्रुहरुलाई नागढुंगा नाकाबाट फर्काइएको छ । गृहमन्त्रालयले परिपत्र गरी लकडाउनलाई कडाइ गर्न भनेपछि नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जहाँबाट आएको हो, त्यहीँ फर्काइएको छ ।

यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवालीलगायत नागढुंगा पुगेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले भने, ‘जहाँबाट आएका थिए, उतै फर्काउने काम भइरहेको छ ।’

सोमबार बिहान विराटनगर महानगरपालिकाले ७ वटा बसमा पठाएका यात्रुहरुमध्ये केहीलाई जान दिएर केहीलाई नाकामा रोकिएको थियो । सवारी पास भएकाहरुले आफन्तलाई नागढुंगा पुगेरै घरसम्म ल्याएका छन् । कोही नभएकाहरु भने नागढुंगामा सडक पेटीमा बसीरहेका छन्, नाकामै रोकिएकाहरुमध्ये कतिपय बच्चा बोकेकाहरु पनि छन् ।

गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । मानिसहरुको आवत जावत हुँदा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।

स्रोत : सौजन्य : अनलाइन खबर
Powered by Blogger.