Header Ads

आजको पत्रपत्रिका : बालुवाटारमा सांसदहरूसँग प्रधानमन्त्री : आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस्

काठमाडाैं, १६ वैशाख । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको विकल्प खोज्ने प्रयास भइरहेका वेला प्रधानमन्त्री केपी ओलीले आफूनिकट सांसदहरूसँग छलफल गरेका छन् ।

सोमबार साँझ करिब तीन दर्जन सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि पार्टीकै शीर्ष नेताहरूले घेराबन्दी गरेको बताए ।

छलफलमा सहभागी सांसद विजय सुब्बाले प्रधानमन्त्रीले विकसित राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेको बताए ।

‘मुलुक कोरोना भाइरसको महामारीसँग जुधिरहेको संकटका वेला अहिले सरकारमाथि पार्टीभित्रैका शीर्ष नेताहरूको अगुवाइमा घेराबन्दी भइरहेको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘देशमा सरकारै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको छ, यसबारे तपाईंहरू सचेत हुनुपर्छ, आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस् ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
Powered by Blogger.