कोरोना संक्रमितको संख्या ४९ पुग्यो, झापाका एक ६२ बर्षीय वृद्धमा संक्रमणको पुष्टि
काठमाडौं, १२ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन थपिदो छ ।
आज पुनः झापाका एक ६२ बर्षीय वृद्धमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
मन्त्रालयका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।
अहिले उनको आइसोलेसनमा राखेर उपचार सुरु भएको पनि मन्त्रालयले जनाएको छ ।
आज पुनः झापाका एक ६२ बर्षीय वृद्धमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
मन्त्रालयका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।
अहिले उनको आइसोलेसनमा राखेर उपचार सुरु भएको पनि मन्त्रालयले जनाएको छ ।

दुबईबाट चैत ४ गते फर्किएका थिए दमकका कोरोना संक्रमितका छोरा
झापाको दमकका कोरोना संक्रमित वृद्धका छोरा विदेशबाट आएको खुलेको छ । बिहीबार कोरोना भाइरसको संक्रमणको पुष्टि भएका ६२ बर्षीय वृद्धका छोरा गत चैत ४ गते दुवईबाट घर आएको पुष्टि भएको छ ।
दमक–३ मा बसोबास गर्ने वृद्धको परिवारमा बिहीबार मात्रै ¥यापिड डाइगोष्टिक टेष्ट (आरडीटी) गरिएको थियो । एकै परिवारका तीन जनामा गरिएको टेष्टमा एण्टीवडी पोजेटिभ देखिएपछि उनीहरुको थ्रोट स्वाव पीसीआर टेष्टका लागि बिहीबार नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
शुक्रबार साँझ आएको रिर्पोटअनुसार ती मध्ये ६२ बर्षीय बाबुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।
जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलका अनुसार संक्रमित वृद्धका छोरा र श्रीमतीको स्वाव परीक्षण भने नेगेटिभ आएको छ । त्यहाँ बिहीबार गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जना ती वृद्धको रिपोर्ट भने पोजिटिभ आएको जानकारी पनि उहाँले दिनुभयो ।
यता, दमक नगरपालिकाकी प्रवक्ता गीता अधिकारीका अनुसार दमक अस्पतालको आइसोलेसनमा ती संक्रमितसहित २ महिला गरी जम्मा ७ जना भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
आज शुक्रबारसम्ममा दमकका विभिन्न ३ वटा क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक ४ स्थित मानसरोवरमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
हालसम्म दमकमा ९८ जनामा गरिएको आरडीटी र तीन जनाको पीसीआर परीक्षण मध्ये शुक्रबार भने पहिलो पटक पोजिटिभ देखिएपछि दमकमा उच्च सर्तकता अपनाईएको छ ।
अहिले कोरोना पुष्टिभएसँगै नगरपालिकामा बैठक राति अबेर सम्म पनि बसिरहेको जनाइएको छ ।
