Header Ads

गायिका सुनिता थेगीमको आवाजमा 'शंकाले लंका जलाउछ'

नेपाली सुगम संगीतमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका सुनिता थेगीमको आवाजमा रहेको ”शंकाले लंका जलाउछ ”गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम र जिवनका विविध आरोह अवरोहहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमलाई नजिक बाट ब्यक्त गरिएको छ । मायालु प्रेमील जोडीको मनको भावनालाई गीतमा समेटिएको कारणले पनी सम्पुर्ण दर्शक तथा स्रोताको मनमा बस्न गीत सफल हुने गायिका सुनिताले बताइन ।

गीतकार तथा समाजसेवी हरी उप्रेतीको शब्द सिर्जना तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई शान्ती इन्टरटेन्मेन्टले डिजिटल बजारमा ल्याएको छ ।

Powered by Blogger.