Header Ads

क्वरेण्टीन केन्द्र बनाउन आफ्नाे कार्यालय प्रयाेग गर्न शाहरुख खानकाे प्रस्ताव

 एजेन्सी ।  बलिवुड अभिनेता शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउन प्रस्ताव गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवनलाई क्वरेण्टीन सेन्टर बनाउने प्रस्ताव घोषणा गरेको खबरमा उल्लेख छ ।



बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए ।

सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

भारतमा काेराेना भाइरसकाे प्रकाेप बढेसँगै विभिन्न कलाकार तथा व्यापारीहरुले सहयाेग गरिरहेका छन् ।

Powered by Blogger.