स्यानिटाइजरलाई एक कैदीले रक्सी ठानेर पिएपछी मृत्यु
एजेन्सी । कोरोना भाइरसको कहरका बीच सुरक्षाको एक उपायको रुपमा लिइएको स्यानिटाइजरलाई एक कैदीले रक्सी ठानेर पिए जसका कारण उनको मृत्यु भएको छ ।
भारतको केरलको एक जेलभित्र ती व्यक्तिको मृत्यु भएको हो । जेल अधिकारीले कैदीको मृत्यु स्यानिटाइजर पिएपछि भएको पुष्टि गरेका छन् ।
रिपोर्टका अनुसार १८ फेब्रुअरीमा जेल ल्याइएका कैदी रामनकुट्टीले जेलभित्र स्यानिटाइजर पिएका थिए, त्यसपछि उनी परिसरभित्रै लडेका थिए ।
जेल अधिकारीका अनुसार मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।
घटनाको विषयमा वरिष्ठ जेल अधिकारीले भने, ‘हामीलाई शंका छ कि कैदीले राज्य सरकारको निर्देशन अनुसार जेल परिसरमै बनेको स्यानिटाइजरको एउटा बोतल पिए ।’
उनका अनुसार सरकारको आदेशमा मानिसहरुका लागि जेलभित्रै स्यानिटाइजर बनाउने काम चलिरहेको थियो ।
जेल अधिकारीका अनुसार आइसोप्रोपिल अल्कोहलको उपयोग हातको स्यानिटाइजर बनाउने प्रमुख सामग्रीको रुपमा प्रयोग गरिन्छ तर कैदीले यसलाई नशाको रुपमा प्रयोग गरे ।
मृत्युको सही कारण पोष्टमार्टमपछि पत्ता लाग्ने अनुमान गरिएको छ ।