के प्रेममा छन् अभिनेता नाजिर र अभिनेत्री नम्रता !
काठमाडौ । नेपाली कलाक्षेत्रका सेलिब्रेटी अक्सर प्रेम लुकाउने गर्दछन् । करिअरमा असर पर्ने डरले उनीहरु प्रेम सम्बन्ध गोप्य नै राख्ने गरेको पाइन्छ ।
तर पनि उनीहरुको क्रियाकलापले कुनै–कुनै रुपमा प्रेम बाहिर आउने गर्दछ । यस्तो अवस्थामा कतिले प्रेम स्वीकार गर्दछन् त कति चुप बस्छन् ।
यस्तैमा अहिले अभिनेता नाजिर हुसेन र नेपाली फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठ प्रेममा रहेको चर्चा चलचित्र क्षेत्रमा चल्न थालेको छ ।
चलचित्र ‘गाँठो’मा एकसाथ स्क्रिन साझेदारी गरेका यी दुबैको प्रेम केही दिनअघि नाजिरले आफ्नो फेसबुकमा नम्रतासँग मुखमा मास्क र हातमा ग्लोब्स लगाएको तस्विरहरु सार्वजनिक गरेपछि बाहिर आएको हो ।
संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सचेतनाको रुपमा उनीहरुले यसप्रकारको तस्विर खिचाएका थिए ।
यहि तस्बिर अभिनेत्री नम्रताले समेत इन्स्टाग्राम राखेपछि भने धेरैले प्रेमको अनुमान लगाएका हुन् । अभिनेत्री नम्रताले आफ्नो इन्स्टाग्राममा विना क्याप्सन अभिनेता नाजिरको काँधमा आफ्नो टाउको राखेको तस्विर राखेकी थिइन् ।
उक्त पोस्टमा पहिलो कमेन्ट नै नाजिरले गरेका छन् । कमेन्टमा नाजिरले लेखेका छन् ‘ओइ होइ स्टे सेभ नमु’ । नम्रताले इन्स्टामा पोस्ट गरेको तस्विरमा धेरैले ‘सुहाएको जोडी’ भन्दै प्रतिक्रिया जनाएका छन् ।
नाजिर नम्रता दुबैले पोष्टले गर्दा अहिले मिडियाले के प्रेममा छन् नाजिर र नम्रता भन्ने आसयका गसिफ बनाइरहेका छन् ।