लकडाउनको अवधि एक हप्ता थपियो : अब चैत २५ गते राति १२ बजेसम्म
काठमाडौं, १६ चैत । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।
लकडाउनको अवधि सकिनु दुई दिन अघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने निर्णय गरेको थियो ।
लगतै बसेको मन्त्रिपरिषद्ले अन्तराष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको छ ।
यस्तै संक्रमण रोग ऐन आदेशलाई पनि चैत २५ सम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
यसै गरी सरकारले निम्न वर्गका तथा दैनिक ज्याला मजदूरी गरेर साँझ विहानको छाँट टार्नेहरुका लागि विशेष राहत प्याकेजको व्यवस्था पनि गरेको छ । राहत प्याकेज उपलब्ध गराउने जिम्मा सरकारले प्रदेश तथा स्थानीय सरकारलाई दिएको छ ।
राहत प्याकेजको विषयमा अर्थमन्त्री युवराज खतिवडाले केही समयपछि नेपाल टेलिभिजन मार्फत सार्वजनिक गर्ने पनि बताइएको छ ।