चीनबाट ल्याइएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण
काठमाण्डौ, १६ चैत । चीनले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।
चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले पुन प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भेन्टीलेटर एक थान र क्वरेन्टीन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।
त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले एन नाइन्टी फाइभ मास्क १ लाख २ सय थान र पीसीआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ ।
चाइना सी ए एम सी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ ।
सिन्चुवान हुसी ग्रुपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसी सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।
सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड-१९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रशंसा गर्नुभयो ।
उहाँले कोभिड-१९ बाट अति प्रभावित हुने कुराबाट जोखिम न्यूनीकरणका लागि विश्वका विभिन्न देशले अपनाएको लकडाउनको नीति सफल भएको र नेपालले पनि संक्रमणको विस्तारलाई न्यूनीकरण गर्न सोही नीतिलाई अवलम्बन गरेको बताउनुभयो ।
उहाँले नेपालस्थित चिनियाँ राजदूतबाट प्राप्त यी सामग्रीलाई आवश्यकता अनुसार सक्दो छिटो नेपालका सात वटै प्रदेशमा पुर्याइने जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे चिनियाँ राजदूत यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा देशको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो देश, नेपालसँगै अन्तराष्ट्रियस्तरमा नै सहयोग गर्न तयार रहेको बताउनुभयो ।Glad to attend the handover ceremony for China's donation of medical supplies to Nepal and exchange views with Hon. @dhbhanu, Minister for Health and Population of Nepal on joint prevention and control of COVID-19. #ChinaNepalSolidarity pic.twitter.com/Rx7Jwwa97O— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 29, 2020