Header Ads

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या, गोली हान्ने रमेश बाहुनको समूह भएको प्रहरीको आशंका

२३ असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो ।

गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएका छन् ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । उनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फ गाडीको शिशामा ढुंगा प्रहार गरी गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मीनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। डा थापाले भने, 'गौचनलाई अस्पताल ल्याउँदा नै उनको श्वासप्रश्वास थिएन।'

करिब ३ बजे दिउँसो गौचन सवार बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुचजरको अगाडि सिसाबाट गोली प्रहार भएको थियो। प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।

गौचनलाई रमेश बाहुन समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। महानगरीय प्रहरी प्रमुख एअाइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पाैडेल समूहकाे संलग्नता हुन सक्ने बताएका छन्।
गौचनलाई गोली हान्ने रमेश बाहुनको समूह भएको प्रहरीको आशंका

गोली लागि मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई रमेश बाहुन समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

महानगरीय प्रहरी प्रमुख एअाइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पाैडेल समूहकाे संलग्नता हुन सक्ने बताएका छन्।

ठेक्कापट्टामा अवैध असुली गर्दै अाएकाे बाहुन समूहले तीनदिन अघि मात्र गाैचनमाथि हातपात गरेको एअाइजी चन्दले बताए। 'बाहुन समूहले थप्पड हानेकाे भन्ने जानकारी अाएकाे छ, त्यही समूह हाे वा अन्य हो खाेजी भइरहेकाे छ,' चन्दले भने,'अहिले काठमाडाैं उपत्यकामा नाकाबन्दी गरेर खाेजतलास भइरहेकाे छ।'

बाहुन निर्माण व्यवसायी र राेडाढुङ्गा व्यवसायीसँग अवैध असुलीका लागि कुख्यात छन्। दुई वर्षअघि ललितपुरका मिनकृष्ण महर्जनलाई गाेली हानेका बाहुन लागूअाैषध मुद्दामा कारागारमा छन्।

नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा आज दिउँसो गोली लागेका गौचनको उपचारका लागि सिभिल अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो। गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।
Powered by Blogger.