नयाँ नोट साट्न जाँदै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी कुरा
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको छ ।
नेपाल राष्ट्र बैकको कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नयाँ नोट साट्न पाइनेछ ।
५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न अघिल्ला वर्ष जस्तो लाइन बस्नु नपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकमै गएर नोट साट्नेले प्रतिव्यक्ति २७ हजार रुपैयाँ सम्म साट्न सक्नेछन् । २७ हजार भन्दा थोरै पनि लिन सकिन्छ तर त्यो भन्दा धेरै नदिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन महाशाखाका निर्देशक भिष्मप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
तर सरकारी बैंकमा नोट साट्न जाँदा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म मात्रै नयाँ नोट साट्न पाइनेछ । नेपाल बैंकको मुख्य कार्यालय, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ ।
त्यस्तै कृषि विकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशाला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । निजी क्षेत्रका बैंक र सहकारीसंस्थाबाट पनि नयाँ नोट साट्ने गरी व्यवस्था भएकाले यसपाली नोट साट्न सहज हुने निर्देशक उप्रेतीले बताउनुभयो ।
अरु बैंक तथा वित्तीय संस्थालाई असोज १ गतेदेखि फुलपाती सम्म नोट साट्न भनिएको पनि उहाँले जानकारी दिनुभयो । नयाँ नोट साट्न सुरु भएको दिन बुधबार राष्ट्र बैंकको कार्यालय थापाथलीमा अघिल्ला वर्षजस्तो भिड देखिएन । थापाथली पुग्ने सटहीकर्ताले कुपन लिएको १ घण्टामा नयाँ नोट पाएका उप्रेतीले जानकारी दिनुभयो ।
यो वर्ष झण्डै १६ अर्ब रुपैयाँको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ । अघिल्लो वर्ष झण्डै १० अर्ब रुपैयाँ सटही भएको थियो ।
स्रोत/उज्यालो अनलाइनबाट