Header Ads

देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च

काठमाडौं, २७ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन्।

 २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन्।

 मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्यूयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य सहभागी हुनेछन्।

प्रधानमन्त्री भ्रमण टोलीको नौ दिनका लागि चार करोड ५५ लाख ४१ हजार खर्च हुने भएको छ। प्रधानमन्त्रीपत्नी आरजु राणा सल्लाहकारका रुपमा महासभामा भाग लिँदैछिन्।

आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
Powered by Blogger.